स्पाइनलकर्ड इञ्जुरी भएकाहरुको बास्केटबल प्रतियोगिता

काठमाडाैं | भदौ ५, २०७९

स्पाइनलकर्ड इञ्जुरी भएकाहरुको बास्केटबल प्रतियोगिता तस्बिर साभार

 


काठमाडौँ । काठमाडौँस्थित नेपाल स्पाइनलकर्ड इञ्जुरी खेलकुद सङ्घले काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक आयोजना गरेको बास्केटबल प्रतियोगितामा महिलातर्फ सेतो र पुरुष समूहतर्फ पहेँलो समूह प्रथम भएका छन् । 

 

स्पाइनल कर्ड इञ्जुरी भएकालाई आत्मनिर्भर र  दक्ष बनाउनाका साथै अपाङ्गतासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको  हो । 

 

प्रतियोगितामा महिलातर्फ पहेँलो समूह दोस्रो भएको छ भने पुरुषतर्फ सेतो समूह दोस्रो र रातो समूह तेस्रो भएको सङ्घले जनाएको छ । सङ्घका महासचिव दीलिप सापकोटाका अनुसार प्रतियोगितामा महिलातर्फ दूई र पुरुषतर्फका तीन गरी पाँच समूहको सहभागिता  थियो । 

 

बनेपा नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको सहयोगमा भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई नेपाल–भुटान रोटरी ह्विलचियर वितरण समितिका अध्यक्ष अशोक श्रेष्ठले क्रमशः रु दश हजार, रु नौ हजार र रु आठ हजारका दरले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

प्रतियोगिता शुभारम्भ गर्दै  बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्ति पनि सपाङ्ग व्यक्तिभन्दा कम नहुने बताउनुभयो । “हामीले अवसर प्रदान गर्न सक्यौँ भने विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति पनि सक्षम बन्नेछन् ।” उहाँले भन्नुभयो, “बनेपा नगरपालिकाले १८ वर्षभन्दा मुनिका अपाङ्गता भएका बालबालिकालाई अपाङ्गता पुनःस्थापना केन्द्र र नगरपालिकासँगको समन्वयमा निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाइएको र नगरपालिकाले प्रत्येक महिनाको ६ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै शिक्षा र स्वास्थ्यमा पनि सहयोग गर्दै आएको छ । ”

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्